विराटनगरमा भ्यान भित्र २८ वटा मानव खप्पर र हाड भेटियो

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : ३२


विराटनगरमा मंगलबार एउटा बेवासिरसे भ्यानबाट मानव कंकालहरु भेटिएका छन्। सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको हो।

सशस्त्रको टोलीले रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको थियो।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको बताइएको छ। हाल अनुसन्धानका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्