रसायनशास्त्रको नोबेल पुरस्कार प्राप्त गरे बेन्जामिन र डेभिडले

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ४ : १३


उत्कृष्ट काम गरेबापत् नोबेल कमिटीले सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुईजनालाई दिने निर्णय गरेको छ।

वैज्ञानिकहरु बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

बेन्जामिन जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक हुन् भने डेभिड अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुन्।


प्रतिक्रिया दिनुहोस्