अर्जेन्टिनमा आगलागीमा परी एकै परिवारका सातको मृत्यु, मृत्यु हुनेमा चार बालबालिका

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : ३०


अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ। एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो।

घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एकै परिवारका सात जना छन् र त्यसमा चार जना बालबालिका पनि छन्।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन। प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्