बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १ : २५


सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेको खबरको आधारमा प्रहरी घटना स्थल पुगेको थियो । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्