‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ०४


काठमाडौं । पौराणिक कार्यक्रम ‘रामायण’ मा रावणको भूमिका निभाएका अरविन्द त्रिवेदीको निधन भएको छ ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको गएराति निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनको उमेर ८२ वर्ष थियो ।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको निधन भएको हो । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । ‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।


प्रतिक्रिया दिनुहोस्