प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ५४


जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधबार विश्वासको मत लिँदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।

प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन् । जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।


प्रतिक्रिया दिनुहोस्