ईपीएल क्रिकेट : आज प्लेअफका दुई खेल

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ०३


काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदैछन् । बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।

चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजेका लागि तय भएको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो ।

पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेका हुन ।

 


प्रतिक्रिया दिनुहोस्