घटस्थापनादेखि पूर्णिमासम्म अदालत बन्द, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ९ : ३४


सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको छ। यद्यपी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ।

न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो।


प्रतिक्रिया दिनुहोस्