फाइबर नेटको ‘दिमाग हल्लिने’ अफर, १०० एमबीपीएस इन्टरनेटलाई मात्र ८९९ रुपैयाँ

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ४३


डिश मिडिया नेटवर्क लिमिटेडको फाइबर नेटले ‘दिमाग हल्लिने अफर’ सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत अब मात्र ८९९ मा १०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिनेछ। कम्पनीका अनुसार १०० एमबीपीएस इन्टरनेट सेवा लिएर ग्राहकहरुले स्पेन घुम्ने मौका पनि पाउन सक्नेछन्।

असोज ११ गते देखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भइरहेको छ यो योजनाअन्तर्गत डिशहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने डिशले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्