योगा स्वास्थ्यको लागि कति फाइदाजनक छ भनेर सबैलाई थाहा नै छ। यो विश्वव्यापी शारीरिक तथा मानसिक व्यायाम हो। हरेक वर्षको जुन २१ मा विश्वभर योग दिवस नै मनाइन्छ।
शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने भएकाले योगा दुनियाँमा प्रचलित बनेको हो। यसबीचमा चीनमा भने योगा गर्ने क्रममा एक महिलाको दिघ्राको हड्डी भाँच्चिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार योगा प्रशिक्षकले योगाको ड्र्यागन आसन सिकाउँदा योगा गर्ने महिलाको तिघ्राको हड्डी भाँच्चिएको जनाइएको छ।
प्रशिक्षक महिलाले आफूले जे गरेको त्यही आफ्ना विद्यार्थीलाई सिकाइरहेकी थिइन्। तर जटिल भएका कारण ती महिलाको तिघ्रा भाँच्चिएको बताइएको छ।
तिघ्रा भाँच्चिएकी महिलाका अनुसार प्रशिक्षकले आफ्नो तिघ्रालाई जोडसँग ठेल्दा तिघ्रा भाँच्चिएको हो। १६ दिनसम्म उनको अस्पतालमा उपचार भएको थियो।
हाल भने ती महिलाको अवस्था ठिक हुँदै गएको छ। उपचार खर्चमा लागेको सबै पैसा योगा प्रशिक्षकले व्यहोरेकी थिइन्।