भारतमा कोभिडबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार क्षतिपूर्ति

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ५०


नयाँ दिल्ली/ भारतको सर्वोच्च अदालतले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय सदर गरेको छ।

वकिलहरुले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई भारतको विपद् व्यवस्थापन कानुनअन्तर्गत दिइनुपर्ने माग गर्दै सर्वोच्चमा उजुरी गरेका थिए।

सन् २००५ मा बनेको सो कानुनले विपद्मा मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ।

भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४७ हजार जनाको मृत्यु भइसकेको छ। तर सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणा बढीको कोभिडबाट मृत्यु भएको हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन्। जसका कारण क्षतिपूर्ति रकम घटाइएको हो।

न्यायाधीश एमआर साहले फैसला सुनाउँदै भने, ‘मृतकको सबभन्दा नजिकको नातेदारलाई सरकारले तोकेको क्षतिपूर्ति तिर्नुपर्नेछ।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्