चिनियाँ राजदूत यान्छी भन्छिन्ः नेपालसँग सीमामा कुनै विवाद छैन

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ४३


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच सीमा विवाद नभएको बताएकी छिन्।

नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा उनले मंगलबार ट्विटरमा दुई देशबीच सीमा विवाद नभएको उल्लेख गरेकी हुन्।

उनले भनेकी छिन्,‘६० वर्ष पहिले आजकै दिन चीन र नेपालबीच वार्ताको माध्यमबाट सीमा सन्धिमा हस्ताक्षर भएको थियो। त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ साथै हाम्रो मित्रताको बन्धन पारस्परिक लाभको पुल बनेको छ।’

सरकारले हालै हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिले असोज १० मा प्रतिवेदन बुझाएको थियो। त्यसलगत्तै गृह मन्त्रालयले सीमा मुद्दा सल्ट्याउन आग्रह गर्दै परराष्ट्रलाई पत्राचार गरेको थियो।

यसबीचमा राजदूत यान्छीले नेपाल–चीन सीमा विवादमुक्त रहेको अभिव्यक्ति दिएकी हुन्।


प्रतिक्रिया दिनुहोस्