भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौंदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन्।
पछिल्लो समय प्रदर्शनमा आएको ‘भूत पुलिस’ फिल्मका कारण चर्चामा रहेकी यमीले सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो इन्स्टा परिवारलाई नमस्कार। मैले हालै फोटो सेसन गराएँ। ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस्? जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन्। म त्यही समस्याबाट पीडित छु।’
View this post on Instagram
उनले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको समेत बताएकी छिन्। ‘मैले वर्षौंदेखि यो समस्या झेलिरहेकी छु,’ उनले लेखेकी छिन्, ‘अहिले आएर मलाई मैले भोगिरहेको समस्या सबैलाई बताउन मन लाग्यो सत्यलाई सबैसामु राख्ने हिम्मत गरें। म आफूलाई अद्भूत महसुुस गरिरहेकी छु।’