प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ५४


प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उहाँसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरे।

किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।


प्रतिक्रिया दिनुहोस्