६ घन्टा फेसबुकमा अवरोध हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ३९


न्युयोर्क/  सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन्।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।


प्रतिक्रिया दिनुहोस्