काठमाडौंमा बजार अनुगमन, महँगो–समय सकिएका सामग्री बेच्ने १५ पसल कारबाहीमा

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : १८


काठमाडौं/ काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन्।

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन्।

मंगलबार खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

प्रशासनका अनुसार महँगो र समय सकिएका सामान बेच्ने केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ।


प्रतिक्रिया दिनुहोस्