व्यंग्य पचाउन नसक्दा आँचल कमेडियनसँग रुष्ट, पल शाहसँग नाम जोडेपछि यसो भनिन्…

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : ११


काठमाडौं। एउटा अवार्ड कार्यक्रममा हाँस्यव्यंग्य कलाकारले आँचल शर्माको नाम अभिनेता पल शाहसँग जोडेपछि उनी रुष्ट भएकी छिन्। कमेडीमा कलाकारको नाम जोड्दा उनीहरुको गोपनियता भंग हुने आँचलको भनाइ छ।

आँचलले कलाकारको ब्यक्तिगत जीवनमा नराम्रो प्रभाव पार्न सक्ने बिषयबस्तु आफ्नो कमेडीको बिषय नबनाउन कमेडियनलाई आग्रह गरेकी हुन्।

कमेडी च्याम्पियन्सका प्रतियोगी सुन्दर खनालले सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा आँचल र पलको प्रेमबारे चर्चा गर्दै व्यंग्य गरेपछि आँचल रिसाएकी हुन्।

विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहित जीवनमा असर पर्नसक्ने आसय आँचलको रहेको छ।

कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए।

उनले कार्यक्रममा ‘पब्लिक च्वाइस’ अवार्ड हात पारेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्