जुम्लामा आगलागी हुँदा २५ भेडाका पाठा जले

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : १३


जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन्।

स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिए।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए।

किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष मागसमेत गरेका छन्। रासस


प्रतिक्रिया दिनुहोस्