कमल थापा भन्छन्ः पार्टी महाधिवेशन राप्रपाका लागि पुनर्जागरण

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : ०१


झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशन राप्रपाका लागि पुनर्जागरण भएको बताएका छन्।

मंगलबार बिर्तामोडमा आइपुगेका उनले केन्द्रमा तल्लो तहसम्म एकताको सन्देश पुर्‍याउन नसकिएको भन्दै अब नयाँ उत्साह र ऊर्जा दिनका लागि सक्रियता र गतिशीलता आवश्यक रहेको बताए।

कांग्रेस र कम्युनिस्टको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण देश संकटग्रस्त भएको र भ्रस्टाचारले देशलाई थला पारेको उनको आरोप छ।


प्रतिक्रिया दिनुहोस्