चट्याङले भाइको मृत्यु, दाइ घाइते

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ५२


बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

सोमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका–५ खालीबाटा महेश लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखरका दिपक महर घाइते भएका छन् । मृतक लुहारका श्रीमती र एक छोरा छन् ।

स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेको स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेको भैंसी पनि चट्याङ लागेर मरेको छ ।


प्रतिक्रिया दिनुहोस्