काठमाडौं । फिल्म छायाँंकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन् ।
आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिएका उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ ।’ खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन् ।
हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन् । खेरसहित बलिउड कलाकारको टोली हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो । टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार रहेका छन् ।
Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE
— Anupam Kher (@AnupamPKher) October 5, 2021
खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिएका छन् ।