४६ करोड ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ०८


काठमाडौं । ४६ करोड ठगीको आरोपमा सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तामाङ सहित १ दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको उजुरीपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

संस्थाको दुई कार्यकाल अध्यक्ष रहेका तामाङले बचतकर्ताहरुको रकम आफूले नै चलाएर हिनामिना गरेको आरोपपछि उनी फरार थिए।

तामाङले संस्थाको ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ आफ्नो निजी पैसा जस्तो गरी चलाएर हिनामिना गरेको आरोप छ।

आकर्षक ब्याज दिने प्रलोभनमा पारेर संस्थाले निक्षेपकर्ताबाट रकम उठाएको थियो। बजारमा चलेको भन्दा बढी ब्याज दिने भएपछि धेरै व्यक्तिले लाखौं रुपैयाँ संस्थामा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्