काठमाडौं । विश्वर सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवामा समस्या भएको छ।
नेपाली समय अनुसार राति ९:३५ बजेतिर यी साइटहरु डाउन भएका हुन।
धेरै प्रयोगकर्ताको सञ्चाल भएका फेसबुक, ह्वाटएप र इन्टाग्रामको सर्भर नै डाउनभएपछि लाखौं मानिसलाई समस्या भएको छ।
यो समस्या नेपाल नभएर विश्वका अधिकाशं मुलुकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जानकारी दिएको छ।
फेसबुकले भनेको छ, “माफ गर्नुहोला, केही समस्या देखिएको छ। हामीले यसमा काम गरिरहेका छौँ। चाँडै समस्याको समाधान हुनेछ”।