अमेरिका र चीनका राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग एकै दिन भेट गरेका छन्।
सोमबार दिउँसो अमेरिकी राजदूत र्याण्डी बेरी र अपराह्न चिनियाँ राजदूत होउ यान्छीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन्।
राजदूत बेरीसँगको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहभागिताका अन्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खड्काले नेपालको विकासमा पहल र कोभिड( १९ विरुद्धको लडाइँमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिएका थिए।
त्यसैगरी अपराह्न चिनियाँ राजदूत यान्छीसँग भएको शिष्टाचार भेटमा खोप सहयोगलगायत नेपाल(चीन सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
नेपालमा अमेरिका र चीनबीच एमसीसी र बीआरआई परियोजनालाई लिएर प्रतिस्पर्धा चलिरहेका बेला दुई देशका राजदूतले पालैपालो परराष्ट्रमन्त्री खड्कालाई भेटेका हुन्।