ससुरालीमा बस्दै आएका किशोर झुण्डिएको अवस्थामा फेला

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ३९


बझाङ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकाया झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिए

उनको मृत्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए। ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।


प्रतिक्रिया दिनुहोस्