बुद्ध एयरको जहाज दुर्घटना नजिक पुग्नुमा पाइलटको पनि कमजोरी

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : १३


काठमाडौं । केहि दिनअघि काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको थियो।

विराटनगर विमास्थलमा अवतरण गर्न खोज्दा जहाजका पाङग्रा नखुेलेपछि पाइलटले काठमाडौं नै फर्काएर अवतरण गराएका थिए।

काठमाडौंको आकाशमा आधा घण्टा बढी फन्को मारेको सो जहाज प्रकरणले देशलाई नै झस्काएको थियो। जहाजलाई दुर्घटनाबाट जोगाएको भन्दै धेरैले पाइलट एजी शेर्पाको गुणगान गाए।

उक्त प्रकरणबारे अनुसन्धान गर्न गठित बुद्ध एअरको समितिले पाइलट शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।

बुद्ध एयरका अर्का क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।

‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

पाइलट शेर्पालाई छानबिन प्रक्रिया पूरा नहुँदासम्मका लागि जहाज चलाउन रोक लगाइएको छ। नागरिक उड्डयन नियमावली २०५४ मा छानबिन पूरा नहुन्जेल पाइलटलाई निलम्बन गर्ने व्यवस्था छ।

 


प्रतिक्रिया दिनुहोस्