यी युवाले राईस कुकरसँग विवाह गरे, तर चार दिनमै सम्बन्धविच्छेद!

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : ०९


इन्डोनेसियाका एक युवाले राईस कुकरसँग विवाह गरेको विषय विश्वभर भाइरल बनिरहेको छ।

इन्डियन एक्सप्रेसका अनुसार खोइरल अनाम नाम गरेका युवाले राईस कुकरसँग विवाह गरेको सामाजिक संजालमा पोस्ट गरेका हुन्।

तर कुकरसँग विवाह गरेको चौथो दिनमै आएर उनले सम्बन्धविच्छेदको घोषणा पनि गरिहाले। एक व्यक्तिले निर्जिव व्यक्तिसँग कसरी विवाह गर्नसक्ला र? भन्दै सुरुवातमा यो विषय चर्चामा आएको थियो।

फेरि सम्बन्धविच्छेद गरेको भनेपछि मानिसहरुले यी व्यक्तिले भाइरल हुन मात्र सामाजिक सन्जालमा त्यस्तो उटपट्याङ पोस्ट गरेको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्