नेपालका हरेक ब्यक्तिलाई विवादास्पद बनाउने नीति भारतीय कुटनैतिज्ञकै: प्रा.डा संग्रौला

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ५८


काठमाडौं । पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौं स्कूल अफ लका कार्यकारी निर्देशक प्रा डा युवराज संग्रौलाले नेपालका लागि तत्कालिन भारतीय राजदूत रन्जित रेले हालै प्रकाशित आफ्नो कितावमा लेखिएका कुराको पछाडि धेरै नियतहरु लुकेको बताएका छन।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै संग्रौलाले र पालका हरेक ब्यक्तिलाई बिवादास्पद बनाउने नीति भारतीय कुटनैतिज्ञको रहेको बताएका छन।

यस्तो छ उनको स्टाटस

नेपालका लागि तत्कालिन भारतीय राजदूत रन्जित रेले हालै प्रकाशित आफ्नो किताव “Kathmandu Dillema, resetting India Nepal ties” मा लेखिएका कुराको पछाडि धेरै नियतहरु लुकेका छ्न।

१) हो, नेपालका धेरै कर्मचारीहरु खासगरी प्रहरी अधिकृतहरु भारतीय राजदुतावास धांउछ्न। मलाई सुरक्षा निकायहरुको बारेमा थोर बहुत जानकारी छ। भारतीय राज्दुताबास जानेमा दोस्रो पुस्ताका राजनीति नेता, पत्रकार र प्रहरी अधिकारी सबैभन्दा भन्दा बढी हुन।

२) रन्जित रे नेपालमा सबै भन्दा बढी समस्या सिर्जना गर्ने राजदुत हुन। उनी युरोपेली राजदुतहरुलाइ नेपालका विरुद्ध प्रयोगगर्ने खेलमा पोख्त थिए। ऊनी नेपाली अधिकारीलाई राजदुतावास बोलाउंथे। नवराज सिलवाललाइ म राम्रो संङ्ग जान्दछु। ऊनी रन्जित रेका पछाडि कुदेनन। नेपालका हरेक ब्यक्तिलाई बिवादास्पद बनाउने नीति भारतीय कुटनैतिज्ञको हुन्छ।

३) नेपालका बारेमा हरेक भारतीय राजदुतले किताब लेखेका छ्न। उनिहरुको एउटा नियत हुन्छ अन्तर्राष्ट्रिय पाठ्कमा नेपालप्रति भ्रम सिर्जना गर्नु। तेसैले उनिहरु खोजी खोजी नेपाली नेता पत्रकार र कर्मचारी लाई दूतावास बोलाएको र नेपाल आफैले चलाएका देखाउन चाहान्छ्न।

४) नेपालीहरुमा बिस्लेषण गर्ने चलन छैन। उनिहरु सुनेपछि होहल्लामा कुद्छ्न। भारतका नेहरुबादी नेपालको स्वतन्त्रतालाई ” भारत गाइडेड इन्डिपेन्डेन्स” बनाउन चाहान्छ्न। भारतका केही मानिसलाई देश होइन तिर्थस्थल बनाउन चाहान्छ्न।

५) यस्ता किताब पढेर जानकारी लिने हो दृस्ठिकोण बनाउने होइन। अन्य कुनै देशमा यस्तो लेख्यो भने डीफेमेसनमा मुद्दा चल्छ। नेपालीहरुले पनि भारतीय अदालतमा मुद्दा हाले हुने हो।

६) रन्जित रे सङ्ग मेरो एक पटक एउटा सार्बजनिक कार्यक्रममा भेट भयो। उन्ले के पि ओलीले नौ क्लास मात्र पढेको भनेर हल्का टिप्पणी गरे, साइड टकमा। मलाई के पि ओलीको प्रतिरक्षा गर्नु त थिएन तर पनि नेपाली नागरिक र नेता भएको हुनाले त्यो सुनेर अरुले जस्तो हांस्नु हुन्न भन्ने लाग्यो। मैले उन्को त्यो भनाइ कुटनैतिक हो वा मित्रता भनेर सोधें। उन्को अनुहार हेर्न लाएकको भयो। उन्ले कुरा बद्ले तेस्पछी।


प्रतिक्रिया दिनुहोस्