उत्तर प्रदेश। भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ।
मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए।
किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर खेरीमा अवरोध गरेपछि आशिष मिश्रले चलाएको गाडीले किसानलाई किचेको थियो।
आशिषले योजनाबद्ध ढंगले प्रदर्शनमा उत्रिएका किसानलाई किचेर मारेको किसानले आरोप लगाएका छन्।
सो घटनामा चारजना किसानसहित आठजना मारिएका थिए।