भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीले ठप्प पारे सार्वजनिक यातायात

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : २०


काठमाडौं । सार्वजनिक यातायातको भाडा समायोजनको माग गर्दै व्यवसायीहरुले आज विहानदेखि काठमाडौंमा सार्वजनिक यातायात ठप्प पारेका छन।

२०७० सालदेखि सरकारले भाडा समायोजनमा आलटाल गरेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघमा आबद्ध व्यवसायीहरुले आजवाट सवारी साधन सञ्चालन नगरेका हुन।

सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रुहरु मारमा परेका छन।

पुरानो भाडादरमा ढुवानी समेत गर्न नसकिने व्यवसायीको भनाइ छ। भाडादर समायोजनको माग गर्दै केही समयअघि सरकारी निकायमा ज्ञापनपत्र बुझाएपनि त्यसको सुनुवाइ नभएपछि यातायात ठप्प पारेको व्यवसायीको भनाइ छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन अनुसार भाडा समायोजन नगरेको व्यवसायीको आरोप छ।

संघीय सरकारले अन्तरप्रदेशको भाडा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशभित्र समायोजन हुन सकेको छैन। व्यवसायीले दशैं अघि नै भाडा समायोजन गर्न दवाव दिदै आएका छन।

उपत्यकाको छोटो दूरीमा चल्ने सवारी साधनले केही दिनदेखि आफूखुसी भाडादर तोक्न थालेका छन।

पछिल्लो समय छोटो दूरीमा चल्ने सवारी साधनले १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन्।

त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही समेत गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्