बलिउड अभिनेत्री नेहा धुपिया दोस्रो सन्तानको आमा बनेकी छन्। इन्डियन एक्सप्रेसका अनुसार नेहाले आइतबार छोरालाई जन्म दिएको उनका श्रीमान् तथा अभिनेता अंगद वेदीले जानकारी दिएका हुन्।
तीन वर्षअघि पहिलो पटक छोरीकी आमा बनेकी नेहा र अंगदको यो दोस्रो सन्तान हो। अंगदले सामाजिक सञ्जालमार्फत् भनेका छन्,‘भगवानको कृपाले हामी छोराको अभिभावक बनेका छौं। बच्चा र नेहा दुबै पूर्णरुपमा स्वस्थ छन्।’
नेहा गतवर्ष रोडिज कार्यक्रममा जज थिइन्। उनले एक प्रतिस्पर्धीलाई देखाएको व्यवहारका कारण उनी आलोचित बनेकी थिइन्।