काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भइरहेको गिरावटप्रति ध्यानकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जामा कडाई गरेपछि सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ।
३२ सयको बिन्दुबाट नेप्से २६ सयको बिन्दुमुनि आउँदा सेयर बजारका लगानीकर्ताले पुजिगत रकम ८ खर्ब बढीले गुमाएका छन। नेप्सेमा पछिल्लो २ महिनामै लगानीकर्ताले अर्बौं गुमाउँदा नियामक निकाय जिम्मेवार हुनुपर्ने बेला नतमस्तक बनेको इन्भेष्टर्स फोरमले बताएको छ।
अध्यक्ष तुलसीराम ढकालले विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले ल्याएको ४ करोड र १२ करोडको नीति खारेज गर्न साथै ब्रोकर संख्या बढाउन सरोकारवालाहरुसमक्ष माग गरेका छन।
‘राष्ट्र बैंकको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंक तथा वित्तीय स.स्थाबाट १२ करोडको सीमा तोकेर लगानी गर्ने नियम बनारु लगानीकलाई निरुत्साहित गरेका कारण उक्त नियम तुरुन्त खारेज गरियोस्’ अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।