उत्तर कोरियाले दक्षिण कोरियासँगको संचार लाईन हटलाईन सेवा सुचारु गरेको छ। क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिएको उत्तर कोरियाले दक्षिण कोरियासँगको हटलाईन पुनर्वहाली गर्नुले यी दुईबीच शान्ति वार्ताको लागि ढोका खुल्ने अनुमान गरिएको छ।
हटलाईन सुचारु गरेपछि उत्तर कोरियाले दक्षिणसँग राम्रो सम्बन्ध चाहेको बुझिएको छ। यद्यपी प्योङयाङले राम्रो सम्बन्ध बनाउने र नबनाउनेमा दक्षिण कोरियाली अधिकारीहरुको व्यवहारमा भरपर्ने उल्लेख गरेको छ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार सोमबार बिहानै दक्षिण र उत्तर कोरियाली अधिकारीबीच अगष्टयता पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ।
मन्त्रालयले विज्ञप्तीमा भनेको छ,‘दक्षिण–उत्तर कोरियाबीच सञ्चार लाइन बहाल भएसँगै हाम्रो सरकार यो मूल्यांकन गर्दछ कि यसरे अन्तर–कोरियाली सम्बन्धहरु लाई पुनःप्राप्त गर्न को लागी एक आधार प्रदान गरेको छ।’ बीबीसी