फुमिओ किशिदा जापानका नयाँ प्रधानमन्त्री

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : ११


टोकियो । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुर्नस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन् ।

टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने उनले बताएका छन् । कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र बाहिर सरकारको विरोध हुँदै आएको थियो ।

आगामी नोभेम्बरमा हुने आमनिर्वाचनमा एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ ।


प्रतिक्रिया दिनुहोस्