तालिबानका प्रवक्ता मुजाहिदकी आमाको अन्त्येष्टी भइरहँदा मस्जिदमा ठूलो विस्फोटन

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : १४


तालिबानको शासन अफगानिस्तानमा फर्किएपछि त्यहाँ शान्ति स्थापना हुने अनुमान गरिएको थियो। यद्यपी शान्ति बहाल हुनेभन्दा त्यहाँ दैनिक हिंसाका घटनाहरु मात्र बाहिरिरहेका छन्।

हिजो आइतबार मात्र इदगाह मस्जिदलाई लक्षित गर्दै काबुलमा ठूलो विस्फोट गराइएको थियो। सो विस्फोटन मस्जिदको गेटमा भएको बताइएको छ। तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदकी आमाको अन्त्येष्टीको काम भइरहँदा त्यहाँ विस्फोटन भएको थियो।

मुजाहिदले विस्फोटनमा धेरै मानिसको ज्यान लिएको बताएका छन्। तर हताहतीको संख्या भने खुलाइएको छैन। इटालीको एनजीओ सो घटनापछि अस्पताल गएको थियो। त्यहाँ विस्फोटपछि घाइते भएका ४ को उपचार भइरहेको बताइएको छ।

यो आक्रमण तालिबान लक्षित थियो भन्नेमा कुनै दुविधा छैन।

यसअघि आईएस–के समूहले तालिबानविरुद्ध धेरैपटक आक्रमण गरिरहेका छन्। आईतबार राति तालिबानले आईएस–के लडाकुको खोजतलास गर्दा गोलाबारी र विस्फोटनको आवाज पनि सुनिएको थियो।

यद्यपी आईएस–के समूहले यो आक्रमणको जिम्मा लिएको छैन। सीएनएन


प्रतिक्रिया दिनुहोस्