म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ७ : १६


काठमाडौं । शीर्ष टोली रियल म्याड्रिड स्पेनिस ला लिगामा आइतबार स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा म्याड्रिड स्पानियोलसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल म्याड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन ।

ला लिगाको पछिल्लो खेलमा रियाल म्याड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । एट्लेटिको म्याड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबार राति नै भएको ला लिगाको अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १–०, भिल्लारियलले रियल बेटिसलाई २–०, इन्चेले सेल्टा भिगोलाई १–० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १–१ गोलको बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस्