नेपाल-भारत सिमाना नजिकको तिकुनिया बजारमा झडप, ८ जनाको मृत्यु

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ५४


काठमाडौं । नेपाल-भारत सीमा स्थित कैलाली नजिकैको भारतीय बजार तिकुनियामा झडप हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो।

झडपपछि हिंसा भड्किदा उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा रहेको तिकुनिया क्षेत्र तनावग्रस्त बनेको छ।

भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेको भन्दै किसानहरु आन्दोलित छन्। सोही क्रममा किसानहरु र सरकार समिर्थित व्यक्तिबीच झडप भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्