स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ४२


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ बसपार्कबाट स्रोत नखुलेको २३ लाख रकमसहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार दिउँसो २ बजे कालो झोलामा उक्त रकम बरामद गरेको हो।

रकमसँगै बुद्धभूमी नगरपालिका(९ धमौलीका २२ वर्षीय जीवनप्रसाद भुसाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

शंकास्पद रूपमा हिँडेको देखेपछि केरकार गर्दा एक हजार नोटका २० गड्डी ५ सय नोटका ५ गड्डी र अन्य गरी २२ लाख ९१ हजार ८ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका भुसाललाई राजस्व अनुसन्धान कार्यालय बुटवलका पठाइएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्