काठमाडौं । बलिउड अभिनेत्री नेहा धुपिया दोस्रो पटक आमा बनेकी छन्।
नेहाले आइतबार बिहान छोरा जन्माएको जानकारी उनका पति अंगद बेदीले सामाजिक संजालमार्फत दिएका छन्।
नेहाले सुत्केरी हुनुभन्दा दुई घण्टा अगाडि बेबी बम्पसहित गराएको फोटो सुटको एउटा तस्बीर पोस्ट गर्दै लेखेकी थिइन्, ‘तिमीलाई आफ्नो काखमा लिन म अब पर्खन सक्दिनँ।’
उक्त पोस्ट आएको दुई घण्टामै उनले छोरालाई जन्म दिएकी हुन्।
सन् २०१८ मा बिहे गरेका नेहा र अंगदलाई त्यसको केही महिनापछि नै पुत्री मेहर लाभ भएको थियो । नेहा दोस्रो पटक आमा बनेकामा बलिउड सेलिब्रेटीहरूले बधाई ज्ञापन गरेका छन् ।