भालुको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ३७


जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिसाँघुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

आइतबार मणिसाँघुको काठेपुल नजिकै गुठिचौर-३ दामडासेका अन्दाजी ६० वर्षका निमा तामाङको भालुको आक्रमणबाट मृत्यु भएको हो।

आक्रमणमा परेर घाइते भएका लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुठिचौरका इन्चार्ज कमल श्रेष्ठले जानकारी दिए।

जिल्लाको सबै सुरक्षाकर्मी, अन्य निकायका टोली आएर भालुलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि गोली हानेर मारिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्