कोशी टप्पु आरक्षमा करेन्ट लागेर हात्तीको मृत्यु

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : १९


कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रैथाने रुपमा वस्दै आएको र मानवीय क्षति समेत पुर्याउदै आएको मकुना नामको जंगली हात्ती आरक्ष नजिकै मृत अवस्थामा फेला परेको छ।

आरक्षभन्दा केही खेत नजिकै हात्ती मृत अवस्थामा फेला परेको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत अशोक रामले पुष्टी गरे।

कोशी टप्पु क्षेत्र आसपास सुनसरी, सप्तरी, उदयपुर र भारतीय क्षेत्रका १५ जनाभन्दा वढी मानिसको ज्यान लिइसकेको मकुना हात्ती मृत अवस्थामा भेटिएको हो।

राती दश वजे सम्म आरक्षको हात्तीसारमा रहेको मकुना विहान मृत अवस्थामा भेटिएको हो।

बारम्बार मानवीय क्षति पुर्याएपछि मकुना हात्ती नियन्त्रणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षलाई समय समयमा दवाव समेत पर्दै आएको थियो।

आरक्ष आसपासका मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट वालीनालीमा हुने नोक्सानी रोक्न विद्युत प्रवाह भएको तार लगाउने गरिएको पाइन्छ।

त्यसरी लगाइने तारमै परेर मकुनाको मृत्यु भएको हुन अनुमान गरिएको छ।

हात्तीको मृत्युका विषयमा थप अनुसन्धान भईरहेको आरक्षका संरक्षण अधिकृत रामले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्