कोरोनाबाट ९ जनाको मृत्यु, संक्रमित भन्दा निको हुने दोब्बर

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ४४


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२० जनामा कोरोना परीक्षण गरिएकोमा ६७९ जना संक्रमित थपिएका छन भने ४०५ जना निको भएका छन।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन्।

यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस्