कात्तिकमा भेट्रान्स फुटबल, १० टोली सहभागी हुने

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ३८


काठमाडौं । फुटबलर्स मिशन टुगेदरको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा पहिलो ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ।

पूर्व फुटबलरको संस्था फुटबलर्स मिशनले आइतबार पत्रकार सम्मेलन गर्दै ६(१६ कात्तिकसम्म प्रतियोगिता आयोजना हुने बताएको हो।

आर्थिक विपन्नता भै औषधि उपचार गर्न समस्या परेका पूर्वराष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई सहयोग तथा बिमा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकले पहिलो संस्करणको प्रतियोगितामा १० देखि १६ टोलीको सहभागिता रहने बताएको छ।

सहभागी टोलीले ३५ बर्षका ३ तथा ४० बर्षभन्दा माथिका खेलाडी प्रतियोगितामा सहभागी हुने बताएको छ।

प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ।

प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा मुख्यालय तथा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ।


प्रतिक्रिया दिनुहोस्