लगातारको पहिरोले सेयर बजार ‘बियरिस ट्रेन्ड’मा! लगानीकर्ता निराश

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : १९


काठमाडौं । लगातारको गिरावटपछि नेपाली सेयर बजार ‘बियरिस ट्रेन्ड जोन’मा प्रवेश गरेको छ।

सामान्यतः उच्चतम अंकबाट २० प्रतिशतभन्दा तल बजार झरेमा ‘बियरिस ट्रेन्ड’मा गएको बुझ्ने गरिन्छ। ३२ सयको बिन्दुलाई उच्चतम आधार मान्ने हो पछिल्लो पछिल्लो डेढ महिनामै नेप्से करिब २० प्रतिशतले घटिसकेको छ।

नेप्से २० प्रतिशतले तल आउँदो धेरै कम्पनीको मूल्यमा ४० ४५ प्रतिशतसम्मका समेत गिरावट आएको छ।

२० प्रतिशत घटाईपछि बजारलाई बियरिस ट्रेन्डमा गएको बताइने गएपछि कतिपय जानकारहरु भने अहिलेको घटाई एउटा करेक्सन मात्रै रहेको पनि दाबी गर्छन।

साताको पहिलो कारोबार दिन आज पनि सेयर बजारमा ठूलो गिरावट देखियो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हजार ५७ दमलव ४९ विन्दुमा पुगेको छ।

नेप्से दुई दशमलव १२ प्रतिशतले घटेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ०७ अंकले घटेर चार सय ८५ दशमलव ९८ विन्दुमा झरेको छ।

नेप्सेका अनुसार कूल २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार सर्वाधिक कारोबार गर्नेमा अपि पावर कम्पनी छ। उक्त कम्पनीको १५ करोड ६ लाख १६ हजार २ सय २१ दशमलव ९० रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजारमा देखिएको आर्थिक तरलता र सेयर कर्जामा लागेको सीमा पुनरावलोकन नभएसम्म बजारमा रौनक नआउने लगानीकर्ता बताउँछन्।

यस्तै, दसैं तिहारमा रेमिटेन्स भित्रिनेक्रम बढ्नेछ।

सर्वसाधारणले पनि यस बेला बढी खर्च गर्ने भएकाले बजारमा पैसाको आपूर्ति बढ्नेछ यी परिदृश्यहरुमा फेरि अर्को महिनादेखि ब्याजदर पनि सहज हुँदै जाने विश्लेषणहरू भइरहेका छन्।

अहिलेको ब्यादजर वृद्धि अल्पकालीन हुने विश्लेषकहरु बताउँछन्।

सेयर बजार सधैं घट्ने वा बढ्ने मात्र गर्दैन। घटबढ बजारको नियम हो। त्यसैले, लगानीकर्तालाई निराश नभई घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी भएको सेयर बजार विश्लेषकहरूले आग्रह गरेका छन्।

आइतबार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सूचांक राताम्मे भएको छ। आइतबार सबैभन्दा धेरै फाइनान्स समूहका उपसूचांकहरु रहेका छन्।

फाइनान्स समूहको सूचांक चार दशमलव ३३ प्रतिशतले ओरालो लागेको छ। बाँकी सबै समूहको सूचांकमा एकदेखि ती प्रतिशतसम्मको गिरावट आएको छ।

आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय २५ रूपैयाँ ४० पैसा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्