सन्चो नभएपछि बसेर जवाफ दिँदै ओली

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ११


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका जवाफ दिइरहेका छन्।

तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्न र जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिइरहेका छन्।

सन्चो नभएपछि बसेर अध्यक्ष ओलीले जवाफ दिइरहेका छन्।

यसअघि गत शुक्रबार राजनीतिक प्रतिवेदन पेस गर्दा सन्चो नभएको भन्दै बीचमै छाडेर शंकर पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरेका थिए।

शुक्रबार उठेर प्रतिवेदन पेस गरेका उनले आइतबार बसेर जवाफ दिइरहेका हुन्।


प्रतिक्रिया दिनुहोस्