काठमाडौं । सरकारले विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको छ।
गृहमन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ११ जिल्लाका सीडीओ हेरफेर गरेको छ।
गृहले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम ७ महिना पनि नपुग्दै गृह मन्त्रालय तानिएका छन् ।
को कहाँ सरुवा भए तल हेर्नुहोस्