सापटी मागेको ५ लाख नदिएपछि श्रीमती नै बन्धक, ‘पैसा दे अनि श्रीमती लैजा’ भन्ने व्यक्ति प्रकाउ

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : २२


काठमाडौं । भक्तपुरमा एक व्यक्तिले सापटी मागेको ५ लाख नदिएपछि लग्ने व्यक्तीकी श्रीमतीलाई बन्धक बनाएको खुलेको छ।

अर्काकी श्रीमती बन्धक बनाउनेमा भक्तपुरको ठिमीका धिरज श्रेष्ठ रहेका छन।

करिब २ वर्ष अगाडि श्रेष्ठबाट पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले ५ लाख सापटी लगेका थिए।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले फिर्ता गर्न सकेनन्।

आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ।

श्रेष्ठले पैसा नदिने व्यक्तिलाई धक्याउँदै भन्ने गरेका थिए ‘पैसा दे अनि तेरो श्रीमती लैजा’।

धिरजलाई अपराध महाशाखाको टोलीले पक्राउ गरिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्