एमालेको विधान संशोधन प्रस्ताव पारित, लोगो परिमार्जन

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ३ : १२


काठमाडौं । नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो।

विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रवार संशोधन प्रस्ताव पेस गरेका थिए। १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो। आइतबार उक्त प्रस्ताव पारित भएको हो।

पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा राखिएको छ। त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ।

यसैबीच, एमालेले पार्टीको लोगोमा पनि परिमार्जन गरेको छ।

विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो।

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने छ।


प्रतिक्रिया दिनुहोस्