अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष बन्न नपाएका सबै उम्मेद्वार माओवादीको केन्द्रीय सदस्य

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : ५६


काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वबाट बिदा भएका ६ जना नेता आजैबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षका दाबेदार नेताहरूलाई आइतवार बिहान बोलाएर यो निर्णय तत्कालै कार्यान्वयन हुने बताएका थिए।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि बस्नेतसहित दीपक देवकोटा, विजय गौतम, तिलक भण्डारी र उत्तम अधिकारी पनि दाबेदार थिए। तर, अध्यक्ष प्रचण्डले यसपटक पञ्चा सिंहलाई अध्यक्ष बनाउने भन्दै बाँकी नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाएका हुन।


प्रतिक्रिया दिनुहोस्