राष्ट्रियसभाको बैठक स्थगित

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : ३७


काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।

दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो।


प्रतिक्रिया दिनुहोस्